पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीच विवाद



हाम्रो इकोनोमि

 

 

नागरिक उन्मुक्ति पार्टी -नाउपा- अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवाद सुदूरपश्चिम प्रदेश सरकारमार्फत् प्रकट भएको छ । हालै प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी, खुसीराम डगौरा थारू मन्त्री नियुक्त भएका थिए । इन्दिरा गिरी राज्यमन्त्री बनेकी थिइन् । चौधरीलाई आर्थिक मामिला मन्त्री तोकिएको छ भने थारूको जिम्मेवारी तोकिन बाँकी छ । गिरीलाई भने भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
अध्यक्ष श्रेष्ठले पार्टी केन्द्रको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गर्ने बताएकी छिन् । तर संरक्षक चौधरीले भने शनिबार बर्दियास्थित निवासमा बोलाएर नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । ‘पार्टी गठन र नाउपा आन्दोलनको मूलभूतरूपमा दुईवटा प्राथमिकता थिए। पहिलो यो न्यायको लडाइँ थियो । अर्को विकास निर्माणमा पार्टीको अगुवाइको कुरा पनि थियो,’ संरक्षक चौधरीको भनाइ उद्धृत गर्दै बिनाविभागीय मन्त्री थारूले भने, ‘जनताको म्यान्डेट नै सरकारमा जाने, विकास निर्माणमा सहभागी हुने हो । सरकारमा सहभागी नहुने हो भने जनतासामू गरिएका वाचा–प्रतिबद्धता कसरी पूरा हुन्छ । जनताको चाहनाअनुरूप पार्टी चल्नैपर्‍यो ।

प्रतिक्रिया दिनुहोस
खोलाले बगाएर खोटाङमा २ जनाको मृत्यु

    भारी वर्षापछिको बाढीपहिरोले कोशी प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ...

पोखराको सेती नदी पहिरोले थुनियो

    निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ ।...

देशभर भारी वर्षाको सम्भावना

    देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश...

एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...