मन्त्री चौधरी अमेरिका भ्रमण नजाने



हाम्रो इकोनोमि

 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने भएकी छन् ।भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीको भ्रमण स्थगित भएको हो । सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमन´को ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण रोकिएको बताइएको छ । मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...