मन्त्रालय बाँडफाँट टुंग्याउन गठबन्धन आन्तरिक छलफलमा



हाम्रो इकोनोमि

 

 

 सत्ता गठबन्धन दलका नेताहरु गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुंगो लगाउन आन्तरिक छलफलमा छन् । पार्टीभित्र क–कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरुभित्र छलफल चलिरहेको छ । गठबन्धनमा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन् । प्रदेशको समेत सत्ता समीकरणलाई लिएर चार दलले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित अन्य साना दलहरुलाई समेत गठबन्धनमा सामेल गराउने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सामेल गराएर अघि बढ्न जोड दिनुभएको छ । गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार साँझ दोश्रोपटक भेट गर्नुभयो । बुधबार बिहानै उहाँले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गर्नुभएको छ ।

मंगलबार साँझको भेटमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरुलाई लिएर कोटेश्वरस्थित नेपाल निवास पुग्नुभएको थियो । प्रधानमन्त्री दाहालको आग्रहमा एकीकृत समाजवादीले बुधबार मध्यान्हसम्मको समय मागेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि त्यतिञ्जेल समय माग गरेको नेताहरुले जनाएका छन् । सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दैछ । सत्ता गठबन्धनको मन्त्रालय बाँडफाँट कार्यदल पनि छलफलमै छ । मंगलबार कार्यदलमा केहीबेर छलफल भएपनि गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति भएको छैन । ‘सबैको चासो गृह र अर्थमा छ । 

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...