गृह मन्त्रालय नछाड्ने मनस्थितिमा रास्वपा



हाम्रो इकोनोमि

 

 

माओवादीले दाबी गरे पनि रास्वपा गृह मन्त्रालय छोड्ने पक्षमा छैन । यदि रास्वपाले अडान लियो भने प्रधानमन्त्रीले अस्वीकार गर्न कठिन हुने छ, किनकि रास्वपाको समर्थनबिना वर्तमान सरकार अल्पमतमा पर्छ । रास्वपाका एक शीर्ष नेताले भने, ‘हामीले गृह छोड्ने प्रश्नै आउँदैन । उहाँहरू पहिल्यै सहमत पनि भइसक्नुभएको छ । बीच-बीचमा अनेक कुराहरू आउँछन् । तर, गृहमा सभापतिज्यू नै जानुहुन्छ । रास्वपाले गृहसहित चार वटा र माओवादीले पाँच वटा मन्त्रालयमा दाबी गरिरहेका छन् । जसपाको दाबी ३ मन्त्रालयमा छ । नेकपा एसलाई पनि समेट्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई सबैको चित्त बुझाउन सजिलो छैन । सरकारमा सहभागी हुने दलहरूको टुंगो लागेपछि मात्रै मन्त्रालय बाँडफाँट गर्ने भनिएको छ । गठबन्धनमा सामेल चार दलसहित नेकपा एस, नागरिक उन्मुक्ति, जनमत, र लोसपा पनि सरकारमा भित्रिन आतुर छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...