कांग्रेसले प्रचण्डलाई दिएको समर्थन फिर्ता



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिन लागेको हो । पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकले निर्णय लिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर नयाँ समीकरण बनाएका थिए । अब कांग्रेसले समर्थन फिर्ता लिदै संसद्‍मा प्रतिपक्षमा बस्ने तयारी गरेको छ । कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रधानमन्त्री प्रचण्डलाई संवैधानिक बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...