प्याकेजमै सहमति गर्ने गठबन्धनको तयारी



हाम्रो इकोनोमि

 

 

गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ । एमाले-माओवादी-रास्वपा-जसपा सम्मिलित गठबन्धनको बैठक केही बेरअघिबाट सुरू भएको हो । बैठकमा लिखित सहमति हुने बताइएको छ । मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा प्याकेजमै सहमति हुने नेताहरूले बताएका छन् । बालुवाटार छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । त्यस्तै वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल राजेन्द्र श्रेष्ठ पनि बैठकमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । आजै साँझ एमाले, माओवादी र रास्वपाका एकएकजना गरी तीनजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...