जस्तो फेरबदल आए पनि मिसन ८४ छोड्दैनौँ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताएका छन् । पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ । एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनले बताए ।
सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास पनि ओलीले व्यक्त गरे । कार्यक्रममा ओलीले मजदुरहरुको ज्याला र पारिश्रमिक वृद्धि हुनुपर्ने पनि बताए । कतिपयले मजदुरहरुको पारिश्रमिक बढ्दा महँगी बढ्छ भन्ने गरेको भन्दै ओलीले त्यो तर्क गलत भएको बताए । त्यसो हुने भए त अहिले जम्मा १५ हजार पारिश्रमिक हुँदा महँगी नबढ्नुपर्ने हो नि तर दिनदिनै बढिरहेको छ । मजदुरहरुको अवस्थामा फेरबदल ल्याएको भन्दै जिफन्टको प्रशंसा गरेका ओलीले अब अझ राम्रो अवस्थाको लागि काम गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...