आफैँ राजीनामा नदिने कांग्रेसका मन्त्रीहरूको अडान



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिवेशको ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेको देउवाले सुनाएका छन् । उक्त बैठकमा पार्टीका मन्त्रीहरूले आफैँ राजीनामा नदिने निचोड निकालिएको छ । प्रचण्ड सरकारमा कांग्रेसका ८ जना मन्त्री छन् । आजै एमाले-माओवादी-रास्वपालगायतको नयाँ सत्ता समीकरण बन्ने पक्कापक्की भइसकेको छ । सानो आकारको मन्त्रिमण्डल आजै गठनको तयारी छ । जनमत, जसपा र नाउपा संवादमा छन् । गठबन्धन भत्किएसँगै उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङ गाडीको झण्डा छोपेर देउवा निवासबाट बाहिरिएका छन् । बैठकपछि रमेश लेखकले भने, ‘अब हामी प्रतिपक्षमा रमाउँछौं । नयाँ रणनीति पनि केही छैन ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...