पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धन बदलिएसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलबाट एक-एकजनालाई शपथको तयारी गरिएको बालुवाटारनिकट स्रोतले बतायो । नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाउने तयारी छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सार्ने बताइएको छ । तामाङ नुवाकोट-१ बाट निर्वाचित सांसद हुन् । रास्वपाबाट उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बन्ने सम्भावना बलियो छ । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए । उनलाई तयारी अवस्थामा रहन भनिएको पार्टी स्रोत बताउँछ । आज दिउँसो साढे २ बजे नयाँ सत्ता समीकरणको बैठक बोलाइएको छ । उक्त बैठकमा गठबन्धनमा मन्त्रालय बाँडफाँटलगायत विषयमा लिखित सहमति गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...