सत्ता समीकरणको असर : सर्किट ब्रेकसँगै नेप्से दिनभर बन्द



हाम्रो इकोनोमि

 

 

शेयर बजारमा तेस्रो सर्किट ब्रेकसँगै आज दिनभरीको कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरीका लागि कारोबार बन्द भएको हो । आज बजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो । सेयरबजार खुलेको १ घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएमा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ ।

पहिलो सकिर्टपछि शेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो । दोस्रो सर्किटपछि खुलेको १ मिनेट अर्थात ११ बजेर २४ मिनेटमै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो । नेप्सेका अनुसार शेयर बजार खुलेको ३ घण्टाअघि नेप्से परिसूचक ५ प्रतिशतले बृद्धि भएमा कारोबार ४० मिनेटका लागि बन्द हुने गर्दछ । दोस्रो सर्किट ११ बजेर २६ मिनेट लाग्दासम्म ६ लाख ४१ हजार ६८२ कित्ता सेयरको खरिदबिक्री हुदा २६ करोड ३७ लाख १ हजार रुपैयाँको कारोबार भएको थियो ।

दोस्रो सकिर्ट ब्रेक खुलेको एक मिनेट नहुदै तेस्रो सर्किट ब्रेक लगेको हो । तेस्रो सकिर्टमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ बिन्दुमा अडिएको छ । शेयरबजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ भने २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार बन्द र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबार नै बन्द हुने गर्दछ । यसअघि गत मंसिर २५ गते पनि बजारमा यस्तो सर्किट ब्रेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...