प्रचण्डकै सरकारमा सहभागी हुन एमाले र रास्वपा तयार



हाम्रो इकोनोमि

 

 

कांग्रेस-माओवादीसहितको सत्तारुढ गठबन्धन दुर्घटनामा परेको छ । प्रचण्डकै नेतृत्वको सरकारमा एमाले सहितका दलहरु सहभागी हुने भएका छन् । हिजो बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका थिए । त्यसमा एमाले, रास्वपा लगायतका दलहरु सहमत भएपछि अर्को गठवन्धन बन्ने निश्चित भएको हो । आजै एमाले र रास्वपाले आकश्मिक बैठक बसेर नयाँ समिकरणमा जाने निर्णय समेत गरेका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा पछिल्ला घटनाक्रमको विश्लेषण भएको बताए । गठबन्धन परिवर्तनको कुरा प्रधानमन्त्रीमा भर पर्ने उनको भनाइ छ ।

प्रधानमन्त्रीले यो गठवन्धन आफ्नो लागि कठन हुँदै गएको, कतिपय विवादित र असफल मन्त्रीलाई हटाउन नसकेको कारण नयाँ ढंगले अगाडि बढ्ने संकेत गर्नुभएको छ । हामीले पनि यस विषयमा आज गम्भीर छलफल गरेका छौं । स्थिति परिपक्व भइसकेको छैन, तर नयाँ विकासक्रमतर्फ राजनीति अघि बढेको छ’, उनले भने । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सानो मन्त्रीपरिषद बन्ने भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । अन्य नेताहरुले पनि प्रचण्ड सरकारमा फेरबदल हुने बताएका छन् । रास्वपाको आजको वैठकले नयाँ गठवन्धनका लागि तयार रहने निर्णय गरेको छ । पार्टीले यसका विषयमा सबै पहल गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...