प्रचण्डद्वारा ओली र देउवासँग छुट्टाछुट्टै भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीसँग भेटवार्ताका लागि ओली र देउवा बालुवाटार पुग्नुभएको थियो । प्रचण्डले सुरूमा देउवा र त्यसपछि ओलीसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक -टीआरसी- लाई टुंग्याउने विषयमा छलफल भएको जानकारी दिइएको छ । भेटवार्तामा दुवै नेता टीआरसी सहमतिमै अघि बढाउन सकारात्मक रहनुभएको प्रधानमनत्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...