प्रचण्डद्वारा ओली र देउवासँग छुट्टाछुट्टै भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीसँग भेटवार्ताका लागि ओली र देउवा बालुवाटार पुग्नुभएको थियो । प्रचण्डले सुरूमा देउवा र त्यसपछि ओलीसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक -टीआरसी- लाई टुंग्याउने विषयमा छलफल भएको जानकारी दिइएको छ । भेटवार्तामा दुवै नेता टीआरसी सहमतिमै अघि बढाउन सकारात्मक रहनुभएको प्रधानमनत्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...