बागलुङ पुगे प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्यश्रीब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुगेका छन् । बागलुङ नगरपालिका–६ पञ्चकोटमा उनलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भेट गर्नाका साथै  गण्डकीमाताकोमन्दिर, हनुमान्बाटिकामा राखिएको मुक्तिनाथ महाघण्ट,हनुमान्को मूर्ति र यज्ञमण्डपको अवलोकन गर्ने कार्यक्रम छ । पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञबाट जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन,आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य छ । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तव्यका रुपमा विकास गरिने आयोजकले बताएका छन् । यही फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ । पञ्चकोटमा रु ५० करोड बराबरको लगानीमा धार्मिक संरचना निर्माण भएका छन् । सञ्चालित ब्रह्माण्डीय महायज्ञबाट संकलन भएको रकमबाट निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...