एमाले सरकार फेर्ने खेलमा छैन : ओली



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने खेलमा एमाले नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने जस्तो खेलमा एमाले नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,‘हामी मिसन ८४ मा केन्द्रित छौं । मुलुकको विकास गर्नुपर्ने, राष्ट्रियता, सुशासन, विकास कमजोर भएका छन् । जनतामा रहेको निराशालाई आशामा बदल्नु छ । प्रतिपक्षमा रहेको अवस्थामा हामीले गठबन्धन सरकारलाई सुझाव दिँदै आएका छौं । तर गठबन्धनले सुनिरहेको छैन ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकार सत्ता टिकाउन लालायित रहेको आरोप समेत लगाउनुभएको हो । ‘कांग्रेस अब पुरानो अवस्थामा रहेन । पहिलेको जस्तो छैन । थोत्रो भएको छ काँग्रेस,’उहाँले भन्नुभयो ।कांग्रेसले संविधान संशोधनको विषयअघि बढाउनुलाई उहाँले ब्लाइन्ड फायर’ गरेको रुपमा लिएको धारणा व्यक्त गर्नुभयो । ‘संविधान संशोधन गर्नका लागि परिस्थितिलाई सम्भव बनाउने गरी विषयगत मुद्दा चाहियो । ८७ सिटको कांग्रेसले संशोधन पूरा गर्छ ?’अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको उहाँको भनाइ छ ।

संविधान संशोधन गर्न अघि बढेको कांग्रेसले आफ्नो हैसियत बिर्सिएको उहाँले टिप्पणी गर्नुभयो । यसैगरी ओलीले अर्को प्रसंगमा जनताको मृत्युको कारण देखिएका मन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने स्पष्ट पार्नुभयो । मन्त्रीका कारण जनताको मृत्यु भएको अवस्थामा राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...