चितवनमा ‘जनतासँग एमाले’ अभियान सुरु



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई मजबुत बनाउन भन्दै आजदेखि जनतासँग एमाले अभियान सुरु गरेको छ । एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले चितवनका ७ वटै पालिकाका अध्यक्ष एवम् इन्चार्जहरूलाई डेढ महिने कार्य योजनासहित माइन्यूट हस्तान्तरण गरे । पालिका अध्यक्षहरूले हरेक वडा वडामा योजनाबद्ध कार्यक्रमहरूसहितका माइन्यूटस लैजानेछन् । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले वडाको सम्पूर्ण लगतसहितको विवरण आउने, एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी हुने विश्वास पार्टीले लिएको बताए । जिल्लाका ९८ वटै वडामा एमालेले वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरेको छ । विभिन्न सूचकहरूको फारमसमेत वडामा पठाइएको एमाले चितवनका अध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा समाजवादी प्लानर डा. आरसी लामिछानेले सकारात्मक सोच तथा एमालेले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरूका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जगन्नाथ थपलिया, प्रभा बराल, यमबहादुर परियार, शिवकुमारी गोतामे लगायत प्रदेश कमिटीका नेताहरुको उपस्थिति रहेको थियो । एमाले सचिव प्रकाश खनाल शैलेसले सञ्चालन गरेको कार्यक्रममा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...