चितवनमा ‘जनतासँग एमाले’ अभियान सुरु



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई मजबुत बनाउन भन्दै आजदेखि जनतासँग एमाले अभियान सुरु गरेको छ । एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले चितवनका ७ वटै पालिकाका अध्यक्ष एवम् इन्चार्जहरूलाई डेढ महिने कार्य योजनासहित माइन्यूट हस्तान्तरण गरे । पालिका अध्यक्षहरूले हरेक वडा वडामा योजनाबद्ध कार्यक्रमहरूसहितका माइन्यूटस लैजानेछन् । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले वडाको सम्पूर्ण लगतसहितको विवरण आउने, एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी हुने विश्वास पार्टीले लिएको बताए । जिल्लाका ९८ वटै वडामा एमालेले वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरेको छ । विभिन्न सूचकहरूको फारमसमेत वडामा पठाइएको एमाले चितवनका अध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा समाजवादी प्लानर डा. आरसी लामिछानेले सकारात्मक सोच तथा एमालेले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरूका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जगन्नाथ थपलिया, प्रभा बराल, यमबहादुर परियार, शिवकुमारी गोतामे लगायत प्रदेश कमिटीका नेताहरुको उपस्थिति रहेको थियो । एमाले सचिव प्रकाश खनाल शैलेसले सञ्चालन गरेको कार्यक्रममा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...