राजेन्द्र महतोले छाडे लोसपा



हाम्रो इकोनोमि

 

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्नुभएको छ । उहाँले आज पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले पार्टी परित्याग गर्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गर्नुभएको छ । अबको क्रान्ति पुराना दल र व्यक्तिबाट सम्भव नहुने उहाँको भनाइ छ । उहाँले राष्ट्रिय मुक्ति आन्दोलन अभियान भएको र अहिले नै पार्टीको स्वरूप गठन गरिनसकेको बताउनुभयो । ‘विभिन्न विचार राख्ने पार्टीका नेता, कार्यकर्ता, व्यक्ति–व्यक्तित्व अभियानमा लाग्न सक्छन् । हामी अभियान, विद्रोह र संघर्षको माध्यम हुँदै क्रान्तिमा पुग्छौं । अहिले सरकारमा रहेका पार्टीहरू तत्काल आन्दोलन, अभियानका लागि तयार देखिएन । हामी आग्रह गर्छौं, सरकार छाड, जनताको बीचमा आऊ, पहिचानको कुरा गर, संघर्षको कुरा गर,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...