इलामको उपचुनावमा एमालेबाट सुहाङ



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले दलहरूको पछिल्लो लोकप्रियता समेत मापन हुने भएकाले यो उप निर्वाचनको महत्व छ ।

इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनमा एमालेबाट सुहांग नेम्बांग उम्मेदवार बन्ने पक्का पक्की जस्तै छ । उनले पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताए । उनले भने म राजनीतिमा आउने हो । पार्टीले योग्य ठान्छ भने म तयार नै रहने छु । उनी एमाले उपाध्यक्ष स्व सुभाष नेम्बांगका छोरा हुन् । उनी केपी ओलीसँगै हिँडिरहेका छन्,। एमालेले मंसिरमा सम्पन्न गरेको झुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्रामा जोडिएका थिए । उनी अहिले पार्टी कायांलयमा पनि ओलीसँगै हुन्छन् । आमा छोरालाई ओलीले दसैँकै बेला बोलाएर उपचुनावको लागि तयार रहन भनेका थिए । उनीबाहेक प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बन्न उदय राई पनि लागिपरेका छन् । उनी एमाले इलामका उपाध्यक्ष हुन् । यस्तै गणेश बराल, उमेश गुरुङ र रवीन्द्र सुवेदी पनि उम्मेदवारको आकाङ्क्षी छन् । गुरुङ एमाले इलामका सचिव र सुवेदी उपसचिव हुन् । युवाहरूका माझमा सुवेदी लोकप्रिय छन् ।

पहिचानवादीका तर्फबाट साझा उम्मेदवार बन्ने चाहाना सहित पत्रकार मिलन लिम्बुले पनि तयारी थालेका छन् । एक साता अघि इलाम पुगेर उनले उम्मेदवारी घोषणा गरेका छन् । उनी फोनिजका महासचिव हुन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताए । उनले भने पहिचान पक्षधरका तर्फबाट उम्मेदवारी दिनका लागि छलफल भइरहेको छ । निष्कर्षमा छलफल नपुगे पनि आफू उम्मेदवार बन्ने बताए । उनी किराँत धर्म गुरु आत्मानन्द लिंदेनको कुटी भएको मांसेवुंगका स्थायी बासिन्दा हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका काङ्ग्रेस इलामका सभापतिसमेत भएका खड्का उपनिर्वाचनका पनि प्रमुख दाबेदार हुन् । पार्टी सभापति शेरबहादुर देउवा निकट खड्का यस पटक पनि उम्मेदवार हुने काङ्ग्रेस इलामका नेताहरू बताउँछन् । नेपाल शिक्षक सङ्घ कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष तथा पार्टीका जिल्ला सचिव पूर्णप्रसाद गौतम पनि उम्मेदवारको दौडमा छन् । उनीबाहेक काँग्रेस इलामका पूर्व सभापति केशव थापा पनि उम्मेदवार हुने दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...