रुसमा २५० बढी नेपाली सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

 

 

नेपालबाट भिजिट भिषाको माध्यमबाट दलालले रुस पुर्‍याएका झण्डै २ सय ५० नेपाली युवा सम्पर्कविहीन छन् । त्रिभूवन विमानस्थल अध्यागमन कार्यालका कर्मचारीले दलालमार्फत सेटिङमा भिजिट भिषाबाट दुवई हुँदै रुस पुगेका उनीहरु सम्पर्कविहीन भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार रुस(युक्रेन युद्धमा १२ नेपालीको मृत्यु भइसकेको छ । परराष्ट्र स्रोतका अनुसार रुसमा पुगेका नेपालीको संख्या करिव १ हजार ५ सय छ । ती नेपालीलाई देश फर्कन सहज छैन । जसका कारण युद्धमा थप नेपाली युवाको मृत्यु हुने देखिन्छ । बिचौलिया र दलालमार्फत एयरपोर्टबाटै प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँसम्म लिएर भिजिट भिषामा यहाँबाट दुवई लगेर राख्ने र त्यहाँबाट युद्धग्रस्त देशमा नेपाली युवाहरु पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...