पर्यटनमन्त्री किराती कमिसनमा लिप्त रहेको सांसद खतिवडाको आरोप



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागिरहेकै बेला गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसदले पनि पर्यटनमन्त्री सुदन किरातीको कार्यशैलीलाई लिएर सदनमा असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठककमा बोल्दै उनले नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको खेलमा लागेको आरोप लगाए ।

निगम ४८ अरब भन्दा धेरै ऋणमा डुबेको छ । आफूसँग भएको विमान नचलाउने अनि भाडामा लिने यो प्रवृत्तिले कहाँ पुर्‍याउने हो रु, खतिवडाले भने, ‘मन्त्री नयाँ विमान भन्दै हुनुहुन्छ । झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएको छ । कांग्रेस सांसद खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको पनि जिकिर गरे । किरातीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...