सहकारी संचालकलाई कारबाही गर्न कसले रोक्यो : सांसद भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार पोखरा महानगरमा रहेका ३६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको समाचार विभिन्न संचारमाध्यममा पटक पटक सम्प्रेषण भएको छ । तर, सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको उनको गुनासो छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी संचालन प्रक्रियामा विचलन आएको भनी गत भदौ २५ गते नै सरकारलाई सुझाएको उल्लेख गर्दै उनले भनिन्, ‘सूर्य दर्शन सहकारीका मुख्य संचालकहरुलाई फरार सूचीमा राखी सरकार रमिता हेरिहरको छ । रकम हिनामिना गर्ने व्यक्तिलाई कारबाहीलाई गर्न कसले रोक्यो ? म सरकारसँग स्पष्ट जानकारी माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...