जिल्ला सहकारीको निर्वाचनमा महेश–दुर्लभ एक ठाउँमा ?



हाम्रो इकोनोमि

 

 

जिल्ला सहकारी संघ भक्तपुरको निर्वाचनको तिथि जति –जति नजिक आउँदै छ , संघको निर्वाचनलाई लिएर एकपछि अर्को अपत्यारिला गठबन्धनको समाचारले सिगो जिल्लालाई तंरगित पार्न थालेको छ । संघको साभारणसभा आउँदो चैत्र २ गते हुने भएको छ । आफ्नै पार्टीभित्रका फरक समूहलाई किनारा लगाउने सोचका साथ संघको निर्वाचनमा जिल्लाका कांग्रेस –एमाले पार्टीका मुलधारका नेताहरु एक ठाउँमा उँभिन पुग्ने सम्भावना बलियो बन्दै जान थालेको समाचार छ । जिल्लाको राजनीतिमा एमालेका नेता महेश बस्नेत र कांग्रेसका जिल्ला सभापति एव सांसद दुर्लृभ थापा मुख्य प्रतिस्पर्धी हुन । गएको स्थानीय निर्वाचन देखी संघको निर्वाचन सम्पन्न हुँदा समेत यी दुई नेताका समूहबीच थुप्रै ठाउँमा भिड्न्त समेत भएका थिए ।

 

 

अहिले पनि जिल्लाको तल्लो तहसम्म दुर्लभ–महेशका नामा जिल्लाका नेता कार्यकर्ताहरु विभाजित रहेका छन । त्यसैले पनि संघको निर्वाचनमा भने, यी दुई नेताबीच गठबन्धन बन्न लागेको समाचारले सबैलाई एकै पटक आश्र्चयचकित पार्न थालेको छ । संघको निर्वाचनमा एमालेका नेता बस्नेतले अघि सारेका पारीजात सहकारीका धुर्व रायमाझीलाई संघको भावी अध्यक्षमा भित्र–भित्रै थापाले समेत समर्थन गरेको हल्लाले जिल्लाको राजनीतिक बजार पिटेको छ । यो हल्लाले कतिपयले त नेताहरु तल–तल कार्यकर्ताहरुलाई लडाउने माथि –माथि स्वार्थमा रमाउने गर्दै आएको मान्यतालाइ थप पुष्टि गरिदिएको छ । यदि अहिले चलेको हल्ला अनुसार नै संघको निर्वाचनमा बस्नेत–थापाको साझा उम्मेदवार रायमाझी हुने हो भने यसले कांग्रेस–एमालेको जिल्लाको राजनीतिलाई समेत गम्भीर नकरात्मक असर पार्ने वताइन्छ । र, यो कांग्रेस–एमाले दुवैका लागि राजनीतिक क्षति हुनेछ ।

 

 

एमालेका महेशले अघि सारेका रायमाझी सूर्यविनायक नगरपालिकाकी उपमेयर सरिता भट्टराई र एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईको नजिकका मान्छे हुन । सहकारी क्षेत्रको माथिल्लो तहमा निर्मलको पहूच भएकै कारण उनलाई एमालेबाट आधिकारिक रुपमा अघि सारिएको हो । एमाले पार्टीबाट रायमाझीलाई आधिकारिक उम्मेदवार बनाउन नेता महेशलाई समेत उपमेयर भट्टराईले मनाउन सफल भएको एमाले वृत्तमा चर्चा छ । पछिल्लो समय, उपमेयर भट्टराई नगरपालिकामा मात्रै होइन, एमालेको जिल्लाको राजनीतिमा समेत हावी हुन थालेकी छिन । एमालेबाट संघको उम्मेदवार हुन उनले कविराम बस्नेतलाई रोकेकी हुन । कविराम संघको सचिव हुन । र उनले पनि संघको निर्वाचनमा अध्यक्षको दावीदारी गरिरहेका छन । उनलाई एमालेमा मेयर बासुदेव थापा निकट व्यक्तिका रुपमा हेरिन्छ । रामयमाझीले एमालेका नेताहरु मात्रै होइन,कांग्रेसका सभापति दुर्लभ थापालाई समेत प्रभावमा पार्न सफल भएको वताइन्छ । पार्टीगत रुपमा भने राममाझी न एमाले, न त कांग्रेस नै हुन । उनी समग्रमा छिर्केमिर्के हुन । तर, उनी सबै पार्टीका नेता देखि कार्यकर्ताहरुलाई समेत प्रभावमा पार्ने खुवी राख्छन । गएको संघीय निर्वाचनमा उनले कांग्रेस–एमाले दुवै पार्टीका नेताह्ररुलाई सहयोग गरेका थिए ।

पछिल्लो समय उनको एमालेका प्रदेश सांसद एव जिल्लाका चिनिएका ठेकेदार किरण थापासंगको हिमचिम बाक्लो रहेको वताइन्छ । थापाले नै संघको अध्यक्षमा राममाझीको पक्षमा महेश र दुर्लभलाई एकै ठाउँमा ल्याउने कोशिस गरिरहेको बुझिन्छ । संघको निर्वाचनमा पर्दा भित्रबाट महेश –दुर्लभलाई एकै ठाउँमा ल्याउने भूमिका खेलिरहेका थापाको कला देखेर एमालेका कार्यकर्ताहरु अहिले तीन छक्क पर्न थालेका छन । उसोत, थापाले गएको संघको निर्वाचमा पनि महेशलाई वोकेर भित्रिरुपमा दुर्लभलाई सहयोग गरेको र बस्नेतलाई हराउन भूमिका खेलेको भन्नेहरुको पंक्ति पनि भक्तपुरमा कम छैन । गएको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा भित्र दुर्लभको भन्दा महेशको भोट कम आएको थियो । त्यो कम आउनुमा किरणले महेशलाई धोका दिएको खुल्लेआम अहिले पनि जो कोहीले भनिरहेका छन । सूर्यविनायकमा किरण कै भरपर्दा महेश हारेका हुन । संघमा लामो समय देखि अर्थाथ २०४८ साल देखि नै कांग्रेस निकटहरुको वोलवाला रहदै आएको छ । यस पटकको संघको अध्यक्षमा पनि कांग्रेसका पूर्व जिल्ला सभापति गणेश चक्रधरले उठ्ने दावी गरिरेहको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...