सदनमा विधेयक पेस गर्न प्रतिपक्षले बहुमत पुर्‍याइदिने होइन : महेश बर्तौँला



 

 

नेकपा एमालेका सचेतक महेश बर्तौँलाले प्रतिपक्षले नभइ सत्तापक्षकै सांसदहरूको कारणले संसद अवरोध भएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको आरोप(प्रत्यारोपछि बैठक स्थगित भएपछि आज संसद् प्रमुख प्रतिपक्ष दलले अवरोध नगरेको प्रष्ट पारे । उनले भने, ‘संसदलाई गलत दिशातर्फ लाने काम सत्तापक्षकै सांसदहरूले गर्नुभएको छ । संसदमा प्रतिपक्षले सरकारलाई खबरदारी गर्न पाउँछ कि पाउँदैन ? सरकारले कानूनभन्दा बाहिर गएर जे गतिविधि रहेका छन् । हामीले सभामुखमार्फत् सरकारलाई प्रश्न गरिरहेका छौं । प्रतिरक्षाको लागि प्रधानमन्त्री र मन्त्रीहरु संसद्‍मा आउनुहुन्न । प्रतिरक्षाका लागि सत्तापक्षका सांसदहरू पाखुरा सुर्केर आउनुहुन्छ । त्यो दुखद् हो ।’ उनले संसद्‍मा छलफलको लागि एक चौथाइ सामर्थ्य नदेखाउने सरकार अनि प्रतिपक्षलाई प्रश्न गर्न मिल्छ रु भन्दै प्रश्न गरे । ‘सरकार बहुमतमा छ भन्ने अनि हामीले बहुमत पुर्‍याइदिनुपर्ने ? उनको तर्क छ । सांसदहरूबीचको आरोप प्रत्यारोपछि १५ मिनेटका लागि स्थगित भएको बैठक अझै सुरू हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
पतञ्जलि जग्गा प्रकरणम : माधव नेपाल विशेष अदालतमा हाजिर हुदै

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका