एमाले कैलाली अधिवेशनको मतदान सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) कैलाली कमिटीको नवौँ जिल्ला अधिवेशनमा पाँच दिनपछि शुक्रबार मतदान सुरु भएको छ । अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । तर यसबीचमा सर्वसहमतिको प्रयास भन्दै पाँच दिनसम्म अलमल गरिएको थियो । प्रतिनिधिहरु विरोधमै उत्रिन थालेपछि शुक्रबार मतदान भइरहेको हो ।

अधिवेशन उद्घाटन भएपछि छैटौँ दिन शुक्रबार बिहानबाट मतदान सुरु भएको हो । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डे चुनावी मैदानमा हुनुहुन्छ । उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिनुभएको छ । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंहको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...