कांग्रेस महासमिति बैठकमा नाराबाजी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको महासमिति बैठकमा नाराबाजी भएको छ । गण्डकी र बागमती समूहबाट आएका सुझावहरु समापन कार्यक्रममा बागमतीका सभापति इन्द्र बानियाँले पस्तुत गर्दा नाराबाजी भएको हो । बुधबार र विहीबार प्रतिनिधिहरुले राखेका विचारहरु भन्दा फरक तरिकाले बानियाँले समूहको सुझाव पढेपछि महासमिति सदस्यले नाराबाजी गरेको एक नेताले भने । चुनावी गठबन्धन गर्न हुँदैन भन्ने सुझाव राख्ने समूहमा ठूलो संख्या छ । उनले सुझावहरु एकमुष्ट गरेर प्रतिवेदनका रुपमा पढ्दा गठबन्धनको विपक्षमा खासै मत नआएको पढ्नुभयो,’ गण्डकी र लुम्बिनी समूहमा रहेका एक नेताले जानकारी गराए । प्रदेश सभापति बानियाँको प्रतिवेदन सच्याउनुपर्ने माग सहित उठेर सहभागीले विरोध गरेपछि केही समय समापन कार्यक्रम प्रभावित भएको थियो । महामन्त्री गगन थापाले प्रदेशबाट आएका सबै प्रकृतिका सुझावहरु सम्मिलित गरेर अन्तिम निर्णय आउने आश्वास दिएपछि नाराबाजी रोकिएको सहभागी प्रतिनिधिले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...