नेकपा एससँग पार्टी एकता हुदैन : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने प्रष्ट्याएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उनले माधव नेपाल लक्षित गर्दै पार्टी फोडेकोमा पश्चाताप नगर्ने, दुईतिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेलाई एमालेमा प्रवेश नगराउने बताएका हुन् । ओलीले भने, ‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन् । किनभने उनीहरूलाई दुईतिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तिब्रताका साथ रहेको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टीका उपमहासचिव एवं पूर्वप्रदेश सांसद कुन्दन कुस्वाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह, सरफलाल महतो, दीपककुमार दुबे, सुरेन्द्रप्रसाद चौधरीलगायत एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...