उच्च अदालतमा पुनरावेदन गर्दै सन्दीप



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ । जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौति दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् । सन्दीप अहिले अस्पतालमा छन् । उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ । हिजो उनको शरीरका सातवटा गिर्खा निकालिएको थियो भने आज थप ४ वटा निकालिएको छ । पुस १३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो । तर अदालतले सरकारी दावीविपरित पिडित भनिएकी युवती १८ वर्षभन्दा बढी उमेरको भएको निष्कर्श निकालेको थियो। सोही ठहरपछि त्यसै दिन उनलाई बढीमा १० वर्ष र कम्तिमा ७ वर्ष जेल सजाय हुने पक्का भएको थियो । पछि शिशिरराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्ष कैद सुनाएको हो । फैसलाको पूर्ण पाठ तयार भएको ७० दिनभित्र पुनरावेदन गरिसक्नुपर्ने नत्र फैसला स्विकार गरेको ठहरिने कानुनी प्रावधान रहेको छ । न्यायधिश ढकालले केही साता अघि फैसलाको पूर्ण पाठ तयार गरेका थिए । १० वर्षभन्दा कम सजाय हुने कसुर गरेकाले सन्दीपले जेल बाहिर बसेर यो मुद्दा लड्न सक्नेछन् । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको पनि पुनरावेदन गर्ने तयारी गरेको छ। सरकारी वकिल कार्यालयले पीडित युवती नाबालिग रहेको दावी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...