उच्च अदालतमा पुनरावेदन गर्दै सन्दीप



 

 

क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ । जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौति दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् । सन्दीप अहिले अस्पतालमा छन् । उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ । हिजो उनको शरीरका सातवटा गिर्खा निकालिएको थियो भने आज थप ४ वटा निकालिएको छ । पुस १३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो । तर अदालतले सरकारी दावीविपरित पिडित भनिएकी युवती १८ वर्षभन्दा बढी उमेरको भएको निष्कर्श निकालेको थियो। सोही ठहरपछि त्यसै दिन उनलाई बढीमा १० वर्ष र कम्तिमा ७ वर्ष जेल सजाय हुने पक्का भएको थियो । पछि शिशिरराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्ष कैद सुनाएको हो । फैसलाको पूर्ण पाठ तयार भएको ७० दिनभित्र पुनरावेदन गरिसक्नुपर्ने नत्र फैसला स्विकार गरेको ठहरिने कानुनी प्रावधान रहेको छ । न्यायधिश ढकालले केही साता अघि फैसलाको पूर्ण पाठ तयार गरेका थिए । १० वर्षभन्दा कम सजाय हुने कसुर गरेकाले सन्दीपले जेल बाहिर बसेर यो मुद्दा लड्न सक्नेछन् । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको पनि पुनरावेदन गर्ने तयारी गरेको छ। सरकारी वकिल कार्यालयले पीडित युवती नाबालिग रहेको दावी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १