कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ



 

 

कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ । सहकारी ठगीको उजुरी परिरहेको छ । ठकुरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । अन्य केहीको पक्राउ पुर्जी ल्याएर खोजी भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सहकारी ठगी आरोपमा पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो ।

सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । ३ फागुनको मन्त्री स्तरीय निर्णयबाट सहकारीलाई समस्याग्रस्त घोषणा भएको जनाइएको छ । २९ माघमा विभागले सहमकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।

कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको समाचार यसअघि अनलाइनखबरले प्रकाशित गरेको थियो । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा गत असारमा करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत थियो । असारपछि संस्थाले केही बचकर्तालाई जग्गा दिएर ‘सेटलमेन्ट’ गरे पनि संस्थाले समस्या समाधानका लागि तदारुकता नदेखाएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको विभागले जनाएको थियो । सहकारीले गत असारमा सेयर पूँजी करिब ४० करोड र ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ ।

बचकर्ताबाट संकलन गरेको स्रोतमध्ये ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा

९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

बाटोमा ठोक्किएको निहुँमा विवाद भएपछी चक्कु हानेर युवकको हत्या

  बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब