पार्टी शुद्धीकरणदेखि जनदबाबसम्मका एमाले केन्द्रीय कमिटीको एजेण्डा



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठक ३ दिन चल्नेछ । बैठकका लागि ६ वटा कार्यसूची तय छन् । अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणा मुख्य एजेण्डा रहनेछ । एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रमसेत यो बैठकबाट अघि सार्ने तयारी गरेको छ । यसैगरी, अन्य एजेण्डामा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाब, समसामयिक प्रस्ताव रहेको प्रचार विभाग प्रमुख गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...