युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री पहिला राजीनामा देऊ : सुदेश पराजुली



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले बालकुमारी घटनामा प्रहरीको गोली लागेर दुई युवकको घटनाको सम्पूर्ण दोषी गृहमन्त्री नारायणकाजी श्रेष्ठ भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले पहिला श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन् ।
पुलिसलाई गोली ठोक्ने आदेश कस्ले दियो रु भन्दै युवा नेता पराजुलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाउन खोजिएकोमा आपत्ति जनाएका छन् ।

प्रतिवेदनमा मन्त्री ज्वालाको गाडी प्रदर्शनस्थलमा प्रवेश गरेपछि प्रदर्शनकारी उत्तेजित भएको र घटनाले उग्र रूप लिएको भन्दै उनलाई ‘मुख्य दोषी’ करार गरिएको भनिएको छ । त्यही आधारमा ज्वालाको राजीनामाको माग भइरहँदा पराजुलीले पहिले गृहमन्त्री श्रेष्ठलाई छानबिनको कठघरामा उभ्याएपछि सत्य तथा तथा निष्पक्ष छानबिन भएका प्रकाश ज्वाला पनि भागीदार बन्नुपर्ने औंल्याएका छन् । आफैं शान्ति सुरक्षाको बागडोर गृहमन्त्रालयको नेतृत्व गर्ने रोजगारीका लागि भौतारिएका दुई होनाहार युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिला नैतिकता आधारमा राजीनामा दिनु पर्छ’, पराजुलीले भनेका छन् । श्रेष्ठ आफैँ छानबिनको दायराभित्र उभिनुपर्ने व्यक्तिले आफूलाई जोगाउन अनुकुल छानविन समिति बनाएर नाटक मञ्चन गरिएको नेता पराजुलीको टिप्पणी छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...