कांग्रेस महासमिति बैठकमा नयाँ-नयाँ लफडा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा विवादित जिल्लाका प्रतिनिधिहरु सबैलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको हो ।

‘१४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवस टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७-१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी यो पटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रुपमा बैठकमा सहभागी गराउने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ । बैठकको निर्णयअनुसार बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ्ग, धादिङ्ग क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाडौं क्षेत्र नं ५, दाङ्ग क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बाग्लुङ्ग क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ का प्रतिनिधिहरु महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।

यसैगरी नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका १२ भ्रातृ संघ र ६ शुभेच्छुक संस्थाहरुको हकमा अध्यक्ष सहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय पनि कांग्रेसले गरेको छ । ती भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ र नेपाल थारु संघ छन् ।

यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघका अध्यक्षसहित तीन जना महासमिति बैठकमा सहभागी हुन पाउने छन् । शुभेच्छुक संस्थाहरूमा नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनका प्रतिनिधिहरु पनि महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।

यसअघि शुभेच्छुक संस्थाहरुले आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै महासमिति बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधान बमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय कांग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...