सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।‘सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन । उनले भने आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् । कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने बाहेक आजको दिनमा मेरो सरकारको कहीँ पनि चिन्ता छैन’, उनले भने ।

सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण आदिमा छानबिन अघि बढाउँदा प्रधानमन्त्रीलाई कुर्सी हल्लिने डर भएको जस्तो देखिएको बताएका थिए । नीतिगत निर्णय गर्नेहरु उम्कने र कार्यान्वयन गर्नेहरु सजायको भागीदार हुने अवस्थाले सुशासनको अभियान सफल हुन्छ भन्नेमा संशय पैदा गरेको उनको भनाइ थियो । सरकारले सुरु गरेको अनियमितताको छानबिन निष्कर्षमा पुग्न नसक्नुको पछाडि कुर्सी हल्लिन्छ भन्ने डर हो कि भनी पराजुलीले प्रधानमन्त्रीलाई सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले कुर्सी जाने डर मानेको भए छानबिन नै सुरु नहुने बताए । ‘कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन । विगतमा पनि थिएन नि घटनाहरु त, कति छानबिन भए’, प्रधानमन्त्रीले भने, ‘सुशासन मेरो नारा होइन संकल्प हो । आफूलाई अहिलेको प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले प्रधानमन्त्री बनाएको भन्दै सुरुमा सरकार १५ दिन हो कि २० दिन हो भन्ने सोचेको सुनाए ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...