मन्त्री ज्वालालाई पदबाट हटाउन राप्रपाको माग



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदबाट हटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका सांसद दीपकबहादुर सिंहले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले उहाँलाई पदबाट हटाउन माग गर्नुभएको हो । उहाँले देशमा न्याय मरिसकेको टिप्पणी गर्नुहुँदै मन्त्री ज्वालालाई पदबाट हटाउन माग गर्नुभएको थियो ।यसअघि बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...