नेपाल आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । आवेदक १३ जनाको प्रस्तुतिपछि सर्ट लिस्ट गरिएको हो ।  आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम तीन जनाको नाम  सिफारिस भएको र अब मन्त्रालयको सिफारिससहित पेश हुने प्रस्ताव अनुरुप एक जनालाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गर्ने छ । आवेदकहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको कार्यकक्षमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यकारी निर्देशकको निम्ति सिफारिस भएमध्ये गोरखाको भीमसेन थापा गाउँपालिका १ का डा. चण्डिकाप्रसाद भट्ट, चितवनको भरतपुर १४ का डोलप्रसाद चापागाईं र ललितपुर महानगर–२४ का शत्रुघ्नप्रसाद पुडासैनी छन् । भट्ट मन्त्रालयको विशेष आर्थिक क्षेत्र का कार्यकारी निर्देशक पनि हुन् । यसमध्ये भट्टको नियुक्ति पक्कापक्की रहेको बताइन्छ । उनी बूढानीलकण्ठ निकट भएकाले सोहीबमोजिम उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको निर्देशनमा भट्टसहित तीन जनाको नाम सिफारिस गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...