मधेशका मुख्यमन्त्री यादवको पद धरापमा, एमाले समर्थन फिर्ता लिने



 

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादव विश्वासको मत लिने भएकाले आज दिउँसो २ बजे प्रदेशसभा बैठक डाकिएको छ । नेपाल संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आइतबार दिनको २ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयका निमित्त सचिव अरूण कुमार झाले सूचना जारी गरेका छन् ।

मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले पनि फिर्ता लिने भएको छ । मधेशमा २४ सांसद भएको एमाले सबभन्दा ठूलो दल हो ‌। एमालेले नै जसपा संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाएको थियो ‌। तर सत्ता परिवर्तनसँगै कांग्रेस सरकारमा सहभागी बने र एमाले सरकार छाडे । सरकार छाडे पनि एमालेले समर्थन फिर्ता लिएन । मुख्यमन्त्री यादवलाई दोस्रो पटक पनि विश्वासको मत दियो । तर मुख्यमन्त्रीले जनताको आकांक्षा बमोजिम काम गर्न नसकेको निष्कर्ष निकाल्दै एमाले सरकारबाट समर्थन फिर्ता लिन लागेको छ ‌‌। एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । उनले नेपाल प्रेससंग भने, ‘मुख्यमन्त्री ज्यूले हामीसँग विश्वासको मत पनि माग्नु भ एको छैन ‌।

आज १२ बजे संसदीय दलको बैठक छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुनसक्छ। एमालेका अर्का सांसद शत्रुधन प्रसाद सिंहले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकबाट हुनसक्ने बताए । उनले जसपा नेतृत्वको सरकारको काममा असन्तुष्टि जनाए । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएर दुई मन्त्रीलाई समेत फिर्ता बोलाइसकेको छ । त्यसैले मुख्यमन्त्री यादव आज विश्वासको मत लिन लागेका छन् । एमाले र जनमतले विश्वासको मत नदिए पनि सरकार ढल्ने छैन । अहिले जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्