मधेशका मुख्यमन्त्री यादवको पद धरापमा, एमाले समर्थन फिर्ता लिने



हाम्रो इकोनोमि

 

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादव विश्वासको मत लिने भएकाले आज दिउँसो २ बजे प्रदेशसभा बैठक डाकिएको छ । नेपाल संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आइतबार दिनको २ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयका निमित्त सचिव अरूण कुमार झाले सूचना जारी गरेका छन् ।

मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले पनि फिर्ता लिने भएको छ । मधेशमा २४ सांसद भएको एमाले सबभन्दा ठूलो दल हो ‌। एमालेले नै जसपा संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाएको थियो ‌। तर सत्ता परिवर्तनसँगै कांग्रेस सरकारमा सहभागी बने र एमाले सरकार छाडे । सरकार छाडे पनि एमालेले समर्थन फिर्ता लिएन । मुख्यमन्त्री यादवलाई दोस्रो पटक पनि विश्वासको मत दियो । तर मुख्यमन्त्रीले जनताको आकांक्षा बमोजिम काम गर्न नसकेको निष्कर्ष निकाल्दै एमाले सरकारबाट समर्थन फिर्ता लिन लागेको छ ‌‌। एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । उनले नेपाल प्रेससंग भने, ‘मुख्यमन्त्री ज्यूले हामीसँग विश्वासको मत पनि माग्नु भ एको छैन ‌।

आज १२ बजे संसदीय दलको बैठक छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुनसक्छ। एमालेका अर्का सांसद शत्रुधन प्रसाद सिंहले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकबाट हुनसक्ने बताए । उनले जसपा नेतृत्वको सरकारको काममा असन्तुष्टि जनाए । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएर दुई मन्त्रीलाई समेत फिर्ता बोलाइसकेको छ । त्यसैले मुख्यमन्त्री यादव आज विश्वासको मत लिन लागेका छन् । एमाले र जनमतले विश्वासको मत नदिए पनि सरकार ढल्ने छैन । अहिले जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...