श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण



हाम्रो इकोनोमि

 

श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार सुर्खेतबाट ५४ यात्रु लिएर आएको सो जहाजको  ‘इन्डिकेसन’ मा समस्या पहिचान भएपछि पाइलटले नियम अनुसार ‘इमर्जेन्सी’ मागेका थिए । सोही अनुसार जहाज सकुशल अवतरण भइसकेको उनले जानकारी दिए । सामान्यतया इन्डिकेसनले संकेत गरेपछि इमर्जेन्सी मागेर अवतरण गर्नुपर्ने हुन्छ,’ मानन्धरले भने, ‘सोही अनुसार प्राथमिकताका साथ अवतरण गराइएको हो ।’ अहिले जहाजको प्राविधिक जाँच जारी रहेको उनले जानकारी दिए । जहाज साँझ ६ बजेतिर अवतरण गरिसकेको छ । नियमित उडानकै बेला जहाज सकुशल अवतरण भएको र इन्डिकेसनमा समस्या देखिँदा प्राथमिकताका साथ जहाज अवतरण गराउनु उडान सुरक्षा ‘प्रोटोकल’ भित्रकै काम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...