श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण



हाम्रो इकोनोमि

 

श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार सुर्खेतबाट ५४ यात्रु लिएर आएको सो जहाजको  ‘इन्डिकेसन’ मा समस्या पहिचान भएपछि पाइलटले नियम अनुसार ‘इमर्जेन्सी’ मागेका थिए । सोही अनुसार जहाज सकुशल अवतरण भइसकेको उनले जानकारी दिए । सामान्यतया इन्डिकेसनले संकेत गरेपछि इमर्जेन्सी मागेर अवतरण गर्नुपर्ने हुन्छ,’ मानन्धरले भने, ‘सोही अनुसार प्राथमिकताका साथ अवतरण गराइएको हो ।’ अहिले जहाजको प्राविधिक जाँच जारी रहेको उनले जानकारी दिए । जहाज साँझ ६ बजेतिर अवतरण गरिसकेको छ । नियमित उडानकै बेला जहाज सकुशल अवतरण भएको र इन्डिकेसनमा समस्या देखिँदा प्राथमिकताका साथ जहाज अवतरण गराउनु उडान सुरक्षा ‘प्रोटोकल’ भित्रकै काम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...