एमाले रौतहटको अध्यक्षमा सचितानन्द शाह निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनले सचितानन्द शाहको अध्यक्षतामा ११७ सदस्यीय जिल्ला कमिटी चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनमा अध्यक्षका, उपाध्यक्ष, सचिव र एक उपसचिवमा निर्वाचन भएको थियो। निर्वाचनमा सचितानन्दन शाहले १९३ मत प्राप्त गरेका थिए भने अखिलेश चौधरीले १७५ मत प्राप्त गरेका थिए । शाह १८ मतको अन्तरले विजय भएको हो । त्यसैगरी उपाध्यक्षमा साह पक्षका रुपेश पटेल सचिवमा चौधरी पक्षका बाबुराम दाहाल र उपसचिवमा साह पक्षका अवदेश कुमार यादव निर्वाचित भएको छ भने महिला उपसचिवमा यसअघि नै मुना लामिछाने निर्विरोध निर्वाचित भइसकेको थिए । अधिवेशनमा शाह र चौधरी छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा पर्तिस्पर्धा गरेका थिए । रौतहटको निर्वाचनलाई अत्यन्त महत्वका साथ हेरिएको थियो ।

निर्वाचनको परिणाम घोषणा भएपछि निर्वाचित अध्यक्ष साहले सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचनमा हारजित हुने उल्लेख गर्दै आफू सबैलाई मिलाएर लैजान तयार रहेको उनको भनाइ थियो । अधिवेशन सम्पन्न गर्नका लागि नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा रौतहटका इन्चार्ज पुरुषोत्तम पौडेलको अध्यक्षतामा नौ सदस्य अध्यक्ष मण्डल गठन गरिएको थियो भने वीरबहादुर गोले प्रमुख रहेको निर्वाचन कमिटी गठन गरिएको थियो । निर्वाचन परिणाम घोषणा भएपछि अध्यक्ष मण्डलका अध्यक्ष पुरुषोत्तम पौडेलले रौतहटमा पार्टीको कामलाई आफूले जिम्मेवारी पाएपछि तीव्र गतिमा अगाडि बढाएको र अब प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने साथीहरुले २०८४ को निर्वाचनमा चार क्षेत्र र आठवटा प्रदेश र १८ वटै पालिकामा विजय हासिल गर्न सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गरे । अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार रौतहटको गरुडामा भब्य समाहरोहका बीच उद्घाटन गरेका थिए । एमाले रौतहटको अधिवेशनलाई अत्यन्त उत्सुकतापूर्वक हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...