पार्टीको नाम र चुनाव चिन्ह फेर्न माओवादीमा दबाब



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि २० वटै समूहले छलफलबाट सुझाव दिएका छन्। प्रज्ञा प्रतिष्ठानमा मङ्गलवारबाट सुरु भएको अधिवेशनमा अब प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठेका प्रश्नमाथि जवाफ दिनेछन् । आज ७ वटा समूहले विधानमाथि सुझाव दिएका हुन् । हिजो १३ समूहले सुझाव राखेका थिए । बैठकमा समूहगत सुझाव राख्दै नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव राखे। उनले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्ने बताए ।अर्का नेता सुमन देवकोटाले संघीयताको मर्मअनुसार विधान तयार गर्नुपर्ने बताए। माओवादीमा अहिले पार्टीको नाम फेर्नुपर्नेदेखि चुनाव चिन्ह फेर्नुपर्ने आवाज उठेको छ । २० समूहबाट आएको सुझावको आधारमा माओवादीले विधानलाई पूर्णता दिनेछ। यो विधान आगामी विशेष महाधिवेशनबाट कार्यान्वयन गर्ने माओवादीको तयारी छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...