एमाले धादिङ जिल्ला अधिवेशन पुनः सञ्चालन



हाम्रो इकोनोमि

 

 

झडपपछि रोकिएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन सर्तसहित पुनः सञ्चालनमा आएको छ । नयाँ कमिटीमा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षका नेताहरुबीच कुटाकुटको स्थिति बनेको थियो । अधिवेशनमा दुई पक्षीय नेताहरुबीच कुटाकुट भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई बोलाएर छलफल गरेका थिए । त्यही अनुसार संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले अधिवेशन गर्नको लागि सर्तसहितको परिपत्र गरेका छन् । उनले विधिसम्मत, व्यवस्थित, समझदारीपूर्ण र एकताको अधिवेशन बनाउने निर्देशन दिएका छन् । जिल्ला अधिवेशनका प्रतिनिधिको आधिकारिक जाँच गरी आवश्यक छलफल पश्चात् ५७८ जना प्रमाणीकरण गरेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...