दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपाको समर्थन



हाम्रो इकोनोमि

 

 

व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गर्दैछन् । उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौंबाटै आन्दोलनको संखघोष गर्न लागेका हुन् । आन्दोलनको अघिल्लो दिन प्रसाईँले राजसंस्थावादी प्रमुख राजनीतिक शक्तिको रूपमा रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटे । भेटमा उनले आफ्नो आन्दोलनलाई सक्रिय रुपमा साथ दिन अनुरोध गरेका थिए । उनीहरुबीच आगामी दिनमा सडक आन्दोलनमा सहकार्यको विषयमा पनि छलफल भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रसाईँसँग सहकार्यको गृहकार्य गर्न राप्रपाले डा. धवलशम्शेर राणा र हेमजंग गुरुङको वार्ता समिति बनाएको जानकारी दिए । आजको आन्दोलनमा भने राप्रपा नेताहरूको संस्थागत उपस्थिति नरहने उनको भनाइ छ । श्रेष्ठले भने, ‘उहाँहरूसँग सहकार्यको छलफल सुरु भएको छ । आजको आन्दोलनमा राप्रपाका कार्यकर्ताहरू सहभागी हुन सक्छन् । नेताहरू भने संस्थागत रुपमा सहभागी हुने छैनन् । प्रसाईँको आन्दोलनलाई राप्रपाले नैतिक समर्थन गर्ने पनि श्रेष्ठले बताए । ‘राजसंस्था, हिन्दू राज्यका पक्षमा आन्दोलन गर्ने कुनै पनि शक्तिलाई हाम्रो नैतिक समर्थन रहन्छ, उहाँहरूलाई पनि छ,’ श्रेष्ठले भने । प्रसाईँले लिङ्देनलाई भेट्नुअघि राप्रपाका नेताहरू लोकेन्द्र बहादुर चन्द र डा.प्रकाशचन्द्र लोहनीलाई छुट्टाछुट्टै भेटेका थिए । राप्रपामा डा. लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र प्रसाईँको आन्दोलनलाई सक्रिय साथ दिनुपर्ने पक्षमा छन् । तर, राप्रपाको संस्थापन पक्ष भने आफ्नै पार्टीले आन्दोलन घोषणा गरिसकेको हुँदा त्यसमै फोकस हुनुपर्ने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...