माओवादीको नाममा चन्दा आतंक मच्चाउने २ जना पक्राउ



 

 

धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबार इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका- १ का ३० वर्षीय विपिन अधिकारीलाई पक्राउ परेको प्रहरी उपरीक्षक -एसपी- दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार यो समूहले पछिल्लो केही समय यता नेपाल कम्युनिष्ट पार्टी माओवादीको नाममा शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याइरहेको थियो । बुधबार विराटनगर महानगरपालिका-३ मा नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु पनि दुई व्यक्तिले राखेको खुलेको उनले बताए ।

नेपाल कम्युनिट पार्टी (माओवादी)को महासचिव महावीरको नाममा यो समूहले शैक्षिक संस्थाहरुमा चन्दाका लागि चिट्ठी पठाएको थियो । चन्दा नदिए बम विष्टफोट गराउने धम्कीसमेत दिने गरेको थियो ।पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा सात वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाइको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ । अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोगसम्बन्धी लेखिएको पत्र, डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्