कांग्रेसले धोका दियो, गठबन्धन टुट्नसक्छ : प्रचण्ड



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले यो धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको पनि बताए । कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ’, बैठकमा प्रचण्डले व्यक्त गरेको भनाइबारे एक केन्द्रीय सदस्यले भने, ‘यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ । प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी समेत बैठकलाई गराए ।

कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं दाबी पेश गरे । त्यसपछि माओवादीले पनि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । त्यस्तै गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्