पार्टीको नाम केही होइन, काम ठूलो हो : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिएका छन् । आइतबार सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकमा प्रचण्डले सम्बोधन गर्दै माओवादीको पहिचान नामले भन्दा पनि कामले गर्दा रहेको तर्क गरेका हुन् । हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ, तर नाम होइन काम ठूलो हो’, प्रचण्डले बैठकमा भने, ‘नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ । प्रचण्डले अब जातिय र क्षेत्रिय मोर्चालाई पूनर्जिवित गरी संगठित आन्दोलन गर्ने र पहिचानको मुद्दालाई सशक्त रुपमा उठाउने बताए ।

साथै, उनले माओवादीको पार्टी पंक्तिले थाहै नपाइकन वर्ग छाडेको स्वीकार गरेका छन् । ‘हामीले थाहा नै नपाइकन वर्ग छाडेको साँचो हो’, उनले भने । अबको अभियान आन्दोलनको रुपमा हुने भन्दै उनले तराई मधेस केन्द्रित र जागरण अभियान चलाउने बताए । उनले मधेस र सहरी क्षेत्रमा पार्टीले धेरै कमजोरी गरेको भन्दै यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने बताए । उनले अब माओवादी समाजवादी दिशातर्फ केन्द्रित भएको भन्दै आठौँ महाधिवेशनको समाजवादी दिशा बमोजिम नै अहिले विधान बनाएको दावी समेत गरे । उनले फागुन पहिलो साता विधान महाधिवेशन सकिएपछि विशेष महाविधेशनको तयारीमा लाग्न समेत कार्यकर्तालई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...