पूर्वराजा ज्ञानेन्द्र शाह चितवन भ्रमणमा



हाम्रो इकोनोमि

 

 

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । कम्तीमा फागुन ७ सम्म उतै बस्ने तयारीका साथ पूर्वराज दम्पत्ती त्यता लागेका हुन् । भ्रमणको कुनै पनि कार्यक्रम सार्वजनिक गरिएको छैन । राप्रपाको स्थानीय नेतृत्व भ्रमणबारे जानकार रहे पनि कार्यक्रमका विषयमा अनभिज्ञ देखियो । राप्रपाका नगर सचिव सुलभ सिग्देलले भ्रमणबारे पूर्वराजाको सचिवालयबाट कुनै आधिकारिक जानकारी नआएको बताए । उनले भने, ‘चितवन भ्रमणको जानकारी केही दिनअघि अनौपचारिक रूपमा पाएका हौँ । तर, विस्तृतमा थाहा छैन । प्रहरी स्रोतले पनि पूर्वराजा आउनेबारे जानकारी पाएको छ । के प्रयोजनका लागि आउन लागेको भन्ने चाहिँ अवगत नरहेको स्रोतले बतायो । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ ।

बुझिएअनुसार पूर्वराजाका आफन्तजनहरू पनि सो होटलमा बस्नेछन् । गत वर्ष पनि पूर्वराजा यहाँको होटलमा ८ दिन बसेका थिए । पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । सोही होटलमा जन्मोत्सव मनाउने तयारी गरिएको छ । त्यसपछि मात्रै पूर्वराजारानी काठमाडौं फर्किने छन् । यही बीचमा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलन गर्दैछन् ।उनले आफ्नो नेतृत्वको नागरिक बचाउ महाअभियानको वार्षिकोत्सव कार्यक्रममा पूर्वराजालाई निम्त्याउने प्रयास गरेका थिए । उनले सिमारा पुगेर पूर्वराजालाई भेटेका पनि थिए । प्रसाईँको अभियानप्रति सकारात्मक भए पनि आफैँ उपस्थित हुन भने पूर्वराजा इच्छुक देखिएनन् । आफू स्वयम् सडकमा आउँदा गलत सन्देश जान सक्ने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...