पूर्वराजा ज्ञानेन्द्र शाह चितवन भ्रमणमा



 

 

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । कम्तीमा फागुन ७ सम्म उतै बस्ने तयारीका साथ पूर्वराज दम्पत्ती त्यता लागेका हुन् । भ्रमणको कुनै पनि कार्यक्रम सार्वजनिक गरिएको छैन । राप्रपाको स्थानीय नेतृत्व भ्रमणबारे जानकार रहे पनि कार्यक्रमका विषयमा अनभिज्ञ देखियो । राप्रपाका नगर सचिव सुलभ सिग्देलले भ्रमणबारे पूर्वराजाको सचिवालयबाट कुनै आधिकारिक जानकारी नआएको बताए । उनले भने, ‘चितवन भ्रमणको जानकारी केही दिनअघि अनौपचारिक रूपमा पाएका हौँ । तर, विस्तृतमा थाहा छैन । प्रहरी स्रोतले पनि पूर्वराजा आउनेबारे जानकारी पाएको छ । के प्रयोजनका लागि आउन लागेको भन्ने चाहिँ अवगत नरहेको स्रोतले बतायो । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ ।

बुझिएअनुसार पूर्वराजाका आफन्तजनहरू पनि सो होटलमा बस्नेछन् । गत वर्ष पनि पूर्वराजा यहाँको होटलमा ८ दिन बसेका थिए । पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । सोही होटलमा जन्मोत्सव मनाउने तयारी गरिएको छ । त्यसपछि मात्रै पूर्वराजारानी काठमाडौं फर्किने छन् । यही बीचमा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलन गर्दैछन् ।उनले आफ्नो नेतृत्वको नागरिक बचाउ महाअभियानको वार्षिकोत्सव कार्यक्रममा पूर्वराजालाई निम्त्याउने प्रयास गरेका थिए । उनले सिमारा पुगेर पूर्वराजालाई भेटेका पनि थिए । प्रसाईँको अभियानप्रति सकारात्मक भए पनि आफैँ उपस्थित हुन भने पूर्वराजा इच्छुक देखिएनन् । आफू स्वयम् सडकमा आउँदा गलत सन्देश जान सक्ने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १