पहिचानवादी र कोशी सरकारबीच ५ बुँदे सहमति



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए । सहमति केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ । वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने सहमति भएको छ ।

सहमतिका बुँदा यस्ता छन्–

१. पहिचानका आधारमा पुन नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने
२. आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्योहोर्ने
३. आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने
४. पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने
५. अर्काे वार्ता १० गते भित्र बस्ने

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...