पहिचानवादी र कोशी सरकारबीच ५ बुँदे सहमति



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए । सहमति केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ । वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने सहमति भएको छ ।

सहमतिका बुँदा यस्ता छन्–

१. पहिचानका आधारमा पुन नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने
२. आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्योहोर्ने
३. आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने
४. पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने
५. अर्काे वार्ता १० गते भित्र बस्ने

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...