प्रचण्ड र माधवकै बिश्वासपात्र एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी उदयपुरका दुई नेता नेकपा एमालेमा प्रवेश गरेका छन । एमाले उदयपुरले बुधवार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेता राजेन्द्र भण्डारी र नेकपा एकीकृत समाजवादीका नेता नवराज कार्की एमाले प्रवेश गर्नुभएको हो । भण्डारी र कार्कीलाई एमाले केन्द्रीय सदस्य अम्बिका थापा, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, कोशी प्रदेश कमिटी सल्लाहाकार सदस्य बैकुण्ठनाथ दाहाललगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको थियो । भण्डारी र कार्कीले माओवादी र नेकपा एसको नेतृत्व मुलुक र जनताको हितबाहेक सवै काम गर्ने दिशामा गएको कारण आफूहरु एमालेमा आएको बताउनु भयो । उहाँहरुले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट भन्न लायक नै नहरेको नश्कर्षमा आफूहरु पुगेको बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य थापाले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुनै आशा गर्न गर्न नसक्ने बताउनु भयो । जिल्ला अध्यक्ष घिमिरेले माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाँठलाई मापसे सरकारको संज्ञा दिँदै उहाँले सरकारले जनताको मनोभावनाको प्रतिनिधित्व गर्न नसकेको बताउनु भयो । उहाँले बर्तमान सत्ता गठबन्धनको दलमा बसेर राजनीतिक हैसियत गुमाउनु भन्दा नेकपा एमाले जस्तो जनप्रिय पार्टीमा सकृय भएर हिड्नु गौरव हुने भएको बताउनु भयो । एमाले प्रवेश गर्ने भण्डारी प्रधानमन्त्री दाहाल र कार्की कुनै बेला अध्यक्ष नेपालका बिश्वासपात्र रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...