पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा



 

 

नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौं शंखमुलस्थित निवासमा प्रहरीले छापा मारेको छ । उक्त निवासमा रहेको नेचर हब इन्टरनेशनल नामक कम्पनीको कार्यालयमा बुधबार साँझ प्रहरीको टोलीले छापा मारेको हो । जोशी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त तथा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईका व्यावसायिक साझेदारसमेत हुनुहुन्छ ।

जोशीकै साझेदारको निवासमा रहेको नेचर हबको कार्यालयबाट सहकारी सम्बन्धी महत्वपूर्ण विवरणहरू भएको सर्भर बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । पूर्वडीआईजी जोशीले बुधबार राति नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गर्नुभएको छ । इन्टरपोलको फरार सूचीमा रहनुभएका राईलाई पक्राउ गरी ल्याउन डिफ्यूजन नोटिससमेत जारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १