प्रचण्ड सरकारजस्तो नालायक इतिहासमा कहिल्यै थिएन : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारजस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यो भन्दा जवाफदेहीविहीन सरकार इतिहासमा कहिल्यै नभएको जिकिर गरे । उनले भने- यो भन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन । जसको न कान छ न आँखा छ । कहिले सुन्छ सरकारले ? यो शून्य समयको के भ्यालु ? सुन्या छ कि छैन ? सुन्या भए जवाफ चाहियो । उनले धुलिखेल पाँचखाल सडक नबनेकोप्रति आक्रोश पोखे । उनले अगाडि भने- प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो र आफ्नो ड्राइभरलाई सोध्नुभयो यो बाटो यस्तो होला भन्ने मैले सोचेको थिएन । धन्न हाम्रो देशको प्रधानमन्त्री । अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानुभयो, भौतिक मन्त्री यही हुनुहुन्छ । उहाँलाई चार पटक भने आज बाटो बन्दैन किने ?

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...