गौतमबुद्ध क्रिकेट रंगशालालाई बागमती प्रदेशले ७५ करोड दिने



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेश सरकारले भरतपुरमा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको लागि लागतको ७० प्रतिशत रकम दिन स्रोत सुनिश्चितताको निर्णय गरेको छ । बागमती प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले भरतपुर महानगरपालिकाले चितवनमा बनाउन लागेको क्रिकेट रंगशालाको लागि लागत अनुमान गरेअनुसार कुल खर्चको ७० प्रतिशत रकम अनुदान दिने निर्णय गरेको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षमा पुग्ने बजेट यही वर्ष र अपुग बजेट आगामी आर्थिक वर्षबाट पुर्‍याउने गरी बजेट विनियोजन गर्ने निर्णय गरेको हो । उनले भरतपुर महानगरले लागत अनुमानसहित पेश गरेको बजेट मागबमोजिम कुल खर्चको ७० प्रतिशत अर्थात् ७५ करोड रकम अनुदान दिने निर्णय गरिएको जानकारी दिए । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच दशैँ अगाडि भएको बैठकमा रंगशालामा ५ हजार दर्शक अट्नेगरि निर्माण गर्न लाग्ने लागतको ७० प्रतिशत रकम बागमती प्रदेश सरकार र बाँकी महानगरले व्यहोर्ने सहमति भएको थियो । यद्यपि स्रोत सुनिश्चितता हुन नसक्दा निर्माणको अन्य काम भने अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...