गौतमबुद्ध क्रिकेट रंगशालालाई बागमती प्रदेशले ७५ करोड दिने



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेश सरकारले भरतपुरमा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको लागि लागतको ७० प्रतिशत रकम दिन स्रोत सुनिश्चितताको निर्णय गरेको छ । बागमती प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले भरतपुर महानगरपालिकाले चितवनमा बनाउन लागेको क्रिकेट रंगशालाको लागि लागत अनुमान गरेअनुसार कुल खर्चको ७० प्रतिशत रकम अनुदान दिने निर्णय गरेको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षमा पुग्ने बजेट यही वर्ष र अपुग बजेट आगामी आर्थिक वर्षबाट पुर्‍याउने गरी बजेट विनियोजन गर्ने निर्णय गरेको हो । उनले भरतपुर महानगरले लागत अनुमानसहित पेश गरेको बजेट मागबमोजिम कुल खर्चको ७० प्रतिशत अर्थात् ७५ करोड रकम अनुदान दिने निर्णय गरिएको जानकारी दिए । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच दशैँ अगाडि भएको बैठकमा रंगशालामा ५ हजार दर्शक अट्नेगरि निर्माण गर्न लाग्ने लागतको ७० प्रतिशत रकम बागमती प्रदेश सरकार र बाँकी महानगरले व्यहोर्ने सहमति भएको थियो । यद्यपि स्रोत सुनिश्चितता हुन नसक्दा निर्माणको अन्य काम भने अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...