२४ प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जाने



हाम्रो इकोनोमि

 

 

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या दुई लाख नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार पछिल्लो ६ महिनामा संस्थागत एवं व्यक्तिगत गरेर २ लाख ७ हजार ९७० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसै अवधिमा एक लाख ३५ हजार ४३५ जनाले संस्थागत तथा व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा दुई लाख ७५ हजार ६४३ जनाले संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिएका थिए । एक लाख ४२ हजार ५४८ जनाले संस्थागत एवं व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्षको ६ महिनामा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यस वर्ष ६७ हजार ६७३ जना कम वैदेशिक रोजगारीमा गएका छन् । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या पनि अघिल्लो वर्षको तुलनामा करिब पाँच प्रतिशत अर्थात ७ हजार ११३ जना कम भएको छ ।

विदेश जानेको संख्या घट्दा रेमिट्यान्स २५ प्रतिशतले बढ्यो

यसैबिच वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घट्दा रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४।३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...